बारामा उपेन्द्र यादवलाई राजाको जस्तै मुकुट र दुई सय केजीको माला – Madhesh Update

बारामा उपेन्द्र यादवलाई राजाको जस्तै मुकुट र दुई सय केजीको माला

   April 30, 2023  

वैशाख १० गते भएको उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर दुुईवाट विजयी भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आइतवार राजाहरुले लाउने जस्तै चाँदीको मुकुट पहिराइदिएका छन्।

मोरङ, सुनसरी हुँदै सप्तरी २ समेत छाडेर निर्वाचन क्षेत्र फेर्दै बारा २ पुगेका यादव अहिले उपनिर्वाचन जितेको जस्म मनाईरहेका छन । उनले जनता समाजवादीको तर्फबाट कलैया उपमहानगरपालिका रहेका सदस्यहरुले आइतवार राजाहरुले लाउने जस्तै चाँदीको मुकुट पहिराइदिएका छन्।

राजाले लाउने शैलीमै यादवलाई मुकुट पहिर्‍याएपछि कार्यकर्ताहरुले उनको काँधमा २ सय केजीको मालासमेत भिराइदिए।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवलाई सम्मान गर्न कार्यकर्ताहरु त्यतिमै रोकिएनन्। उनीहरुले मुकुट र २ सय केजीको माला लगाइदिएपछि यादवलाई बधाई दिन हात्तीसहितको जुलुस नै निकाले।

हात्तीसहितको जुलुस निकालिँदा उत्सवको माहोल थियो। उक्त हात्तीमा यादव भने सवार भएनन्। बरु मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादव सवार भएका थिए।