वैशाख १७ लाई बालविवाह विरुद्धको दिवसका रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा – Madhesh Update

वैशाख १७ लाई बालविवाह विरुद्धको दिवसका रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

   April 30, 2023  

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वैशाख १७ गतेलाई प्रदेश सरकारले बालविवाह विरुद्धको दिवसका रुपमा मनाउने घोषणा गरेका छन् ।

जनकपुरधाममा आइतबारदेखि सुरु भएको दुई दिवसीय मधेस बालिका सम्मेलन–२०८० लाई उद्घाटन गर्दै मुख्यमन्त्री यादवले सन् २०३० सम्ममा मधेस प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना ल्याएको बताए ।

१० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत भइसकेको जनाउँदै उनले प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने बताए ।