प्रदेश दुईमा कोरोना संक्रमणको उच्च जोखिम देखिदै – Madhesh Update

प्रदेश दुईमा कोरोना संक्रमणको उच्च जोखिम देखिदै

   July 31, 2020  

पछिल्लो २४ घन्टामा प्रदेश दुईको एक मात्र महानगर विरगंजमा चार जना कोराना संक्रमितको मृत्यु भएको छ । त्यहा थप ४४ जनामा संक्रमण देखिएको स्वास्थय मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार पर्सा जिल्लामा मात्रै कोराना संक्रमणका कारण अहिले सम्म १० जनाको मृत्यु हुन पुगेको छ । त्याहाको कुरा संक्रमति सख्या २ सय ५९ पुगेको छ । केहि दिन यता प्रदेश दुईको विभिन्न जिल्लाहरुमा संक्रमणितको संख्या लागातार वढन थाले पछि स्थानिय सरकारहरुले स्थानिय स्तरमा लकडाउन पुन कडाई देखि निषेधआज्ञा जारी गरेका छन । विरगंज, राजविराज र जलेश्वरमा लकडाउनलाई कडाई गर्दै निषेत्रआज्ञा जारी गरिएको छ भने प्रदेशमा प्रवेशका लागी भारत र देशभित्रैका सिमाहरुमा पनि कडाई गरिएको छ ।

स्वास्थय मन्त्रालयको विवरण अनुसार नेपालमा अहिले सम्म ५६ जना कोराना संक्रमितको मृत्यु भएको छ जस मध्ये सबै भन्दा वढी प्रदेश दुईमा १९ जना रहेको छ । विवरण अनुसार प्रदेश १ मा १ जना, वागमति प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश पाचमा १० जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश दुईमा मृत्यु भएको सबै साउन महिना यताको रहेको विवरणले देखाएको छ ।

प्रदेश दुईमा हुनत सबै भन्दा वढी रौहतहटमा संक्रमितको सख्या रहेको छ । रौतहटमा ७ सय ६५, महोतरीमा ४ सय ९३, पर्सामा २ सय ५९, सर्लाहीमा १ सय ४६, सप्तरीमा १ सय ३१, धनुषामा ९३, बारामा ८७ र सिरहामा ६० जना संक्रमित सख्या रहेको स्वास्थय मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख गरिएको छ ।

संक्रमण फ्रलिदै गए पछि विरगंज महानगरका प्रमुख विजय सरावगी विहिवार संक्रमित भएको छ । त्यसैगरि रौतहटमा केहि वडा अध्यक्षहरु पनि यस अघि संक्रिमत भएको थियो । सप्तरी र धनुषामा अदालतका न्याधिशषहरु संकमित भए पछि शुक्रवार देखि जनकपुरमा अदालतको कामहरु सम्पुर्ण रप्मा ठप्प भएको छ । महोतरीको प्रकौलीमा रहेको नेपाली सेनाको व्यारेकमा रहेका १० जना सेना जवानमा विहिवार मात्रै संक्रमण भएको पुष्टि भएको थियो ।

स्वास्थय मन्त्रीको ध्यानाकर्षण

कोराना संक्रमण फैलिन थाले पछि पर्सावाट निर्वाचित प्रतिनिधीसभाका सासदहरु लक्ष्मणलाल कर्ण र विमल श्रीवास्तव शुक्रवार स्वाथ्य मन्त्री भानुभक्त ढकालसंग भेटेर ध्यानाकर्षण गराएको छ । कर्ण र श्रीवास्तवले स्वास्थयमन्त्रीलाई कोराना संक्रमितको उपचारमा कुनै कमी नगर्ने र त्यहा अपनाउनु पर्ने सबै उपायहरु अपनाउन ध्यानाकर्षण् गराएका छन । पर्साकै अर्का सासंद प्रदीप यादवले शुक्रवार प्रधानममन्त्रीलाई पत्र लेख्दै पर्सामा देखिएको कोराना संमक्रमणको उपचारमा ध्यान दिन आग्रह गरेका छन ।

के गर्दै छ प्रदेश सरकार ?

प्रदेश दुईको राजविराज र विगंजमा पछिल्लो समयमा कोराना संक्रमितको मृत्यु भएपछि प्रदेशका मुख्यमन्त्री लालबाबु राउत राजविराज र विरगंज आफै पुगेर त्याहाको अवस्थाको वारेमा जानकारी लिए । मुख्यमन्त्री राजविराज र विरगंजमा छलफल गरे पछि विहिवार सात करोड रुपैया निकाशा गरेका छन ।

प्रदेश दुईको कुन जिल्लामा कति कोराना संक्रमित
सप्तरी -१३१
सिरहा -६०
धनुषा -९३
महोतरी -४९३
सर्लाही -१४६
रौतहट -७६५
बारा -८७
पर्सा -२५९
मृत्यु भएको कुल संख्या – १९