अयोध्यामा राम मन्दिरको शिलान्यासको लागि जानकी मन्दिरको माटो पठाइने – Madhesh Update

अयोध्यामा राम मन्दिरको शिलान्यासको लागि जानकी मन्दिरको माटो पठाइने

   July 30, 2020  

भारतको रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यासको लागि जानकी मन्दिर जनकपुरको माटो पठाइने तयारी भइरहेको छ ।

रामजन्मभूमि अयोध्यामा ५ अगस्त हुने मन्दिरको शिलान्यासमा माता जानकी मन्दिर जनकपुरको माटो पठाउने बिनय यादव नेतृत्व गरेका राष्ट्रिय एकता अभियानको कार्यक्रम रहेको छ । उक्त अभियानले जनकपुरस्थित जानकी मन्दिरबाट माटो लिने समेत लिइसकेको छ ।

अभियानका सदस्य मनीष हिन्दूको नेतृत्वमा लिएको माटो काठमाडौं पशुपतिनाथमा पूजा अर्चना गरी अयोध्याको लागी पठाइने तयारी भएको हो ।