सिराहा प्रादेशिक अस्पतालमा भएको आगलागी नियन्त्रणमा, एक जनाको मृत्युु
Madhesh Update
April 12, 2023
सिराहा प्रादेशिक अस्पतालमा भएको आगलागी नियन्त्रणमा आएको छ । दिउँसो करिब १ः४५ तिर अस्पतालको जेनरेटर कक्षमा तार सर्ट सर्किटले भएको आगलागी नियन्त्रणमा आएको हो ।
जेनेरेटरमा भएको आगजनीका कारण डायोगोलिसका एक बिरामीको मृत्यु भएको छ ।
सिराहा नगरपालिकाको वारुण यन्त्रको सहायतामा आगलागी नियन्त्रणमा लिइएको प्रादेशिक अस्पताल सिराहाका सूचना अधिकारी अशोक कुमार सिंहाले जनाएको छ । उनले अस्पतालमा आगलागी भएपछि बिरामी र कुरुवाहरूबीच भागाभाग भए पनि मानवीय क्षति नभएको जनाएको छ ।
तर, अस्पतालमा डायलासिस गराउन आएका एकजनाको डायलासिस गरिरहेको समयमै आगलागी भएपछि लाइन कट्दा समस्या भएको थियो । डायलासिस पुरा नभएपछि ती बिरामीको मृत्यु भएको अस्पतालको सूचना अधिकारी सिंहाले जनाए ।
आगलागी नियन्त्रणमा आएपछि हाल अवस्था सामान्य बनेको छ । आगलागीले जेनेरेटरमा क्षति पुगेको छ ।