प्रदेश २ मा फेरि थपिए ७१ संक्रमित, पर्सामा मात्रै ५० जना – Madhesh Update

प्रदेश २ मा फेरि थपिए ७१ संक्रमित, पर्सामा मात्रै ५० जना

   July 30, 2020  

पछिल्लो २४ घण्टामा प्रदेश २ मा १९ महिलासहित ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्सामा ५० जना, धनुषामा १४ जना, महोत्तरीमा ४ जना र बारामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रशासक विजय झाले जानकारी दिए।

यससँगै प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६१५ पुगेको छ।

पछिल्लो २४ घण्टामा प्रदेश २ का ३० जना संक्रमित उपचार पश्चात निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ। प्रदेश २ मा हालसम्म कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ।