सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर २० हजार घुससहित पक्राउ – Madhesh Update

सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर २० हजार घुससहित पक्राउ

   April 10, 2023  

सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

घरको नक्सापासका लागि घुस लिएको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सोमबार इन्जिनियर मेहतालाई विराटनगर महानगरपालिका ५ पुल्चोक छेउबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।