जनकपुरमा हनुमान जयन्तीको अवसरमा शोभा यात्रा – Madhesh Update

जनकपुरमा हनुमान जयन्तीको अवसरमा शोभा यात्रा

   April 6, 2023  

हनुमान जयन्तीको अवसरमा जनकपुरधाममा निकालिएको शोभा यात्रा निकालिइएको छ । समस्त हिन्दु समाजको आयोजनामा हनुमान जयन्तीको अवसर पारेर निकालिएको शोभा यात्रामा नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गरिएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट निस्केको शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोक पुगेर समापन भएको थियो। जनक चोक पुगेका हिन्दु धर्माबलम्बीहरुले सामूहिक रुपमा हनुमान चालिसा पाठ गरेका थिए। यसका साथै जनक मन्दिर र राम मन्दिरकै छेउमा रहेको नयाँ ध्वजारोहण गरिएको शोभा यात्रामा सहभागी युवा सुशिल कर्णले जानकारी दिए।

चैत शुक्ल पूर्णिमामा भगवान हनुमानको जन्म भएको विश्वासका साथ प्रत्येक वर्ष हिन्दु धर्माबलम्बी यस दिन हनुमान जयन्ती पर्व मनाउने गर्छन्। यस अवसरमा जनकपुरधाम सहित विभिन्न स्थानका हनुमान मन्दिरमा पूजा अर्चनाकालागि श्रद्धालु भक्तजनहरुको भीड लागेको थियो।

यसअघि केही दिन अगाडि मात्रै रामनवमीको अवसरमा हिन्दु धर्मावलम्बीहरुले शोभा यात्राको क्रममा जानकी मन्दिर पछाडि रहेको मस्जिद अगाडिबाट जय श्रीरामको नारा लगाउँदै शोभा यात्रा गएपछि मुस्लिम समुदायका केही व्यक्तिले आपत्ति जनाएका थिए।

हनुमान जयन्तीको अवसरमा समेत शोभा यात्राको क्रममा जानकी मन्दिरको परिक्रमा गर्ने कार्यक्रम तय गरेपनि प्रहरीले ठाउँ ठाउँमा अवरोध खडा गरेको थियो। जानकी मन्दिर पछाडि रहेको मस्जिद जाने बाटोमा प्रहरीले दिनभर प्रवेशमै रोक लगाएको थियो।