नयाँ वर्षबाट जनकपुर-जयनगर रेलको सेवा थपिँदै – Madhesh Update

नयाँ वर्षबाट जनकपुर-जयनगर रेलको सेवा थपिँदै

   April 6, 2023  

नेपालको एकमात्र कुर्था-जनकपुरधाम-जयनगर ब्रोडगेज रेल्वे सेवाले आफ्नो सेवा विस्तार गर्न लागेको छ। यात्रुहरूको सुविधालाई ध्यानमा राखी बिहानको प्रथम सेवा कुर्थाबाट जयनगरतर्फ खुल्ने गरी वैशाख १ गतेदेखि नयाँ समय तालिका सार्वजनिक गर्न लागिएको हो।

अब कुर्था-जनकपुरधाम-जयनगर रेल्वे अप एण्ड डाउन गरेर दैनिक चार पटक सञ्चालन हुने भएको छ। जसअनुसार बिहान सवा ७ बजे कुर्थाबाट छुटेर बिहान सवा ९ बजे जयनगर पुग्नेछ भने जयनगरबाट बिहान साढे ९ बजे छुटेर बिहान साढे ११ बजे कुर्था फर्किनेछ।
कुर्थाबाट फेरि मध्याह्न २ बजेर ४५ मिनेटमा छुटेर ४ बजेर ४५ मिनेटमा जनयनगर पुग्ने छ भने जयनगरबाट साँझ ५ बजे छुटेर साँझ ७ बजे कुर्था फर्किने गरी रेल्वेको समय निर्धारण गरिएको छ।