मधेश प्रदेश सरकार पुर्नगठनको तयारी- बाहिरिए एमाले, कांग्रेस सहितका पार्टी भित्रिदै – Madhesh Update

मधेश प्रदेश सरकार पुर्नगठनको तयारी- बाहिरिए एमाले, कांग्रेस सहितका पार्टी भित्रिदै

   April 5, 2023  

मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीहरु राजीनामा दिएका छन् । यो संगै मधेश प्रदेश सरकार पुर्नगठनको तयारी सुुरु भएको छ । एमालेका मन्त्रीहरुलाई राजिनामा गर्न लगाए पछि मुख्यमन्त्री सरोज यादव नेपाली काग्रेस सहित लोसपा र एकिकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी थालेका हुुन ।

मधेश प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री र १ जना राज्यमन्त्री थिए । उनीहरुको ठाउमा काग्रेसका मन्त्री बनाउने तयारी छ ।

बारा क्षेत्र नम्बरमा भईरहेको उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बने पछि मधेश सरकारमा पुर्नगठन गर्न लागीएको छ । बारा–२ मा वैशाख १० गते निर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गरिएको छ ।मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनाव लडेका छन् ।नेकपा एमालेले पनि उम्मेदवारी दिएको कारण मधेश प्रदेश सरकारबाट मन्त्रीहरुलाई नहटाइएको मुख्यमन्त्री यादवले प्रष्ट्याएका छन् । ‘केन्द्रीय स्तरमा दलहरुको गठबन्धनकै आधारमा सबै प्रदेशमा सरकार फेरबदल हुँदैछ ’ उनले भने, मधेश प्रदेशमा पनि केही मन्त्री हट्ने केही थपिने प्रकृया अगाडि बढेको छ ।

एमाले संसदीय दलका नेता एवं निवर्तमान मन्त्री सरोज यादवले जनाए अनुसार फरक गठबन्धनको कारण सरकारमा रहँदा मुख्यमन्त्री यादवलाई काम गर्न सहजताका लागि सरकारबाट बाहिरिएको बताए ।‘झण्डै ३ महिना सरकारमा रहँदा परस्पर सहयोग र सद्भाव रहेको थियो’ उनले भने, राजनीतिमा यस्ता घटनाहरु अस्वभाविक नभए पनि सरकारलाई ५ वर्षको लागि गरेको समर्थन बीचमै तुहिएको छ । ‘मधेश प्रदेश सरकारमा अब कांग्रेस, लोसपा र नेकपा एसको सहभागिता हुन्छ ’मुख्यमन्त्री यादवले भने, मन्त्रिमण्डल विस्तार चुनावपछि मात्र हुनेछ ।उपनिर्वाचनका लागि आचारसंहिता जारी भइसकेकाले मन्त्रिमण्डल विस्तार गर्न नमिल्ने उनले बताए । एमालेका ४ जना मन्त्रीको राजिनामाले रिक्त भएका मन्त्रालयहरुको कार्यभार मुख्यमन्त्री यादवलाई नै थपिएको छ ।

सरकारबाट एमाले हटे पनि समर्थन फिर्ता नलिएको कारण मुख्यमन्त्री यादवलाई तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको मधेश सरकारले जनाएको छ ।