बारा उपनिर्वाचन – सिके राउत र उपेन्द्र यादव पुुन आमुने-सामुन्ने

१० बैशाखमा हुने उपनिर्वाचनका लागी बारामा जनमत पार्टीका अध्यक्ष सिके राउत र जसपा अध्यक्ष उपेन्द्र यादव पुुन आमुन्ने सामुुन्ने देखिएका छन । गत ४ मंसीरमा भएको निर्वाचनमा पनि राउत र यादव सप्तरीमा आमुुन्ने सामुुन्ने भएका थिए । तर यादवलाई दोब्बर फाराकिलो मतान्तरणले राउत पराजित गरेका थिए । यादव पराजित भए पनि १० बैशाखको उपनिर्वाचनमा बारा फेरि प्रतिनिधीसभामा छिर्ने गरि उम्मेदवार बन्न आएका छन । तर राउतले यादवलाई त्याहा पनि पराजित गर्ने आफनो पार्टीका उम्मेदवारको पक्षामा होमिएका छन ।
उपनिर्वाचनका लागी भोली सोमवार उम्मेदवारी दर्ता हुदै छ । तर उम्मेदवारी दर्ता नहुँदै बारा–२ मा राउत र यादव चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलोमा सक्रिय हुन थालेका छन् ।
सो क्षेत्रमा जसपा नेपाल र जनमत पार्टीले मतदातालाई विश्वासमा लिन अभियान सुरु गरेका छन् । आइतबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतले सो क्षेत्रमा आ–आफ्नो दलका तर्फबाट आयोजित कार्यक्रममा सहभागिता जनाए । उनीहरु घरदैलो कार्यक्रममा पनि सामेल भएका छन् ।
बारा–२ मा हुने उपनिर्वाचनमा जसपाबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने भएका छन् भने जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
तर आक्रामक ढंगबाट जसपा र जनमत पार्टी चुनावी प्रचार प्रसारमा जुटिसकेका छन् । दुवै पार्टीले एक अर्काको आलोचनाबाट आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।
उम्मेदवारी दिनका लागि आजै बारा पुगेका उपेन्द्र यादवले घरदैलो तथा भेटघाटलाई तीब्रता दिएका छन् । घरघर गएर मतदातालाई भेट्ने, मन्दिरहरुमा गएर पूजापाठ गर्ने काम उनले सुरु गरेका हुन् ।
जनमत पार्टीका अध्यक्ष डा सीके राउत हिजैदेखि बारामा छन् । उनी कहिले आफ्ना उम्मेदवार कुशवाहालाई साथमा लिएर त कहिले एक्लै मतदाताको घरदैलो, खेतबारी, मन्दिर, पसलहरुमा पुगिरहेका छन् ।
यसअघि जसपाबाट रामसहाय यादव बारा–२ बाटै चुनाव जितेका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
बारा–२ मा एकलाख पाँच हजार ११ जना मतदाता छन् । त्यसमध्ये जसपाका रामसहाय यादव (अहिलेका उपराष्ट्रपति) ले १३ हजार ८२२ मत ल्याएर जसपा–एमाले गठबन्धनबाट विजयी भएका थिए । दोस्रो स्थानमा रहेका माओवादी–कांग्रेस–लोसपालगायत पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कुशवाहा (माओवादी) ले १३ हजार ४६८ मत ल्याएका थिए । उनी जनमत पार्टीमा प्रवेश गरेर त्यहाँबाट उम्मेदवार बन्नेका छन् ।