बारा-२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना – Madhesh Update

बारा-२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

   April 2, 2023  

बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उप–निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा आज एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको हो ।

मङ्सिर ४ गते भएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीले जनाएका छन् । जिल्ला न्यायाधीश मुकेश उपाध्यायलाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा ,जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होविन्द्र बोगटी , सशस्त्र प्रहरी बाराका प्रमुख टोप बहादुर डाँगी, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक अभिनय कुमार सिंह लगायत राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।