आफनो लागी उपप्रधानमन्त्रीको सिट राख्दै उपेन्द्र यादव सरकारमा, जनमत बाहिरिए – Madhesh Update

आफनो लागी उपप्रधानमन्त्रीको सिट राख्दै उपेन्द्र यादव सरकारमा, जनमत बाहिरिए

   March 31, 2023  

संघिय सरकार विस्तारको क्रममा रोचक दृश्य देखिएको छ । १० पुुषमा प्रधानमन्त्री बनेका पुुष्पकमल दहाल शुक्रवार सातौ पटक मन्त्रीपरिषद विस्तार गरेका छन । शुक्रवार विस्तारित मन्त्रीपरिषदमा जसपा नेपाल सहभागी भएका छन भने जनमत पार्टी सरकार वाट बाहिरिएका छन । १० पुुषमा प्रचण्ड प्रधानमन्त्री कबन्दा जनमत सहभागी भएका थिए भने जसपा सहभागी भएन । जसपा त्यती वेला मन्त्रालय भागबन्डा प्रति असन्तुष्टि राखेका थिए भने आज जनमत पार्टीले पनि मन्त्रालय बाडफाड प्रति नै असन्तुष्टि राख्दै सरकारमा सहभागी खानेपानी मन्त्री अब्दुल खाणलाई राजिनामा गर्न गर्न लगाएका छन ।

जनमत पार्टीले खानेपानी मन्त्रालय प्रति सुरु देखि असन्तुष्टि राख्दै आएका थिए । उनले उद्योग वा कृषी मन्त्रालय मध्ये एक दिनु पर्ने माग गरेका थिए । तर शुक्रवार मन्त्रीपरिषद विस्तार हुुदा उद्योग मन्त्रालय काग्रेसको भागमा परे पछि जनमत पार्टी सरकार वाट बाहिरिएका छन ।

यता जनमत सरकारवाट बाहिरिए कै दिन जसपा नेपालका नेता सरकारको शिक्षा मन्त्री बनेका छन । सतारुढ दलहरुको विचमा भएको भागबन्डामा जसपाको भागमा दुुई ओटा मन्त्रालय परेको थियो । तर जसपाले एक जना मन्त्री मात्र बनाएका छन । राईलाई श्क्षिा मन्त्री बनाए पछि धेरैले जसवा अध्यक्ष उपेन्द्र यादव १० बैशाखको उपनिर्वाचन सम्मका लागी आफनो भागको एक मन्त्रालय खाली राखेको टिप्प्णी गरेका छन । जसपा वाट राजकिशोर यादव, प्रदीप यादव र विरेन्द्र महतो मध्ये एक जना थप मन्त्री बन्ने चर्चा थियो । तर यादवले नाम नै सिफारिस नगरे पछि जसपा कै नेताहरु संशकित देखिएका छन ।

कतिपयले १० बैशाखमा हुने उपनिर्वाचन मार्र्फत जितेर आए पछि यादव आफै उपप्रधानमन्त्री सहित सहभागी हुने रणनितीमा रहेको दावी गरेका छन । यादव बारा क्षेत्र नम्बर दुुई वाट उपनिर्वाचनमा उम्मेदवार बन्दै छन ।
यसको साथै शुक्रवार विस्तारित मन्त्रीपरिषदमा लोसपाका शरदसिह भण्डारी र नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ पनि मन्त्री बनेकी छिन ।