बारा-२ : जसपावाट उपेन्द्र यादव सिफारिस, जनमतवाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने गरि पार्टी प्रवेश – Madhesh Update

बारा-२ : जसपावाट उपेन्द्र यादव सिफारिस, जनमतवाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने गरि पार्टी प्रवेश

   March 29, 2023  

१० बैशाखमा हुने उपनिर्वाचनका लागी जसपाले पार्टीको केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बन्ने गरि सिफारिस भएका छन । बारा क्षेत्र नम्बर दुुईको आज भएको क्षेत्रिय भेलाले पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको नाम सर्वसम्मत र एकल नाम केन्द्रमा सिफारिस गरेको छ ।

जसपा अध्यक्ष यादव बारा क्षेत्र नम्बर दुुईमा उम्मेदवार बन्ने भए पछि त्यसले मधेशको राजनितीलाई तरडित बनाउन पुुगेका छन । गएको ४ मंसीरको निर्वाचनमा जसपा अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसंग सप्तरी क्षेत्र दुुईमा फराकिलो मतानान्तरले पराजित भएका थिए । जनमत पार्टीले बारा क्षेत्र नम्बर दुुईमा पनि जसपा अध्यक्ष यादवलाई पराजित गर्ने गरि रणनिती बनाउन लागेका छन ।

वुधवार नै माओवादी केन्द्र का नेता शिवचन्द्र कुशवाहा बारा क्षेत्र नम्बर दुुईमा उम्मेदवार बन्ने गरि जनमत पार्टीमा प्रवेश गरेका छन् । काठमाडौमा आयोजित पत्रकार सम्मेलनमार्फत कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा सिके राउतले पार्टीमा स्वागत गरेका हुन् ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको कुशवाहाको भनाई छ ।

जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको कुशवाहाले बताए ।

कुशवाहा गएको ४ मंसीरको निर्वाचनमा माओवादी केन्द्रवाट बारा क्षेत्र नम्बर दुुईमा उम्मेदवार बनेका थिए । उनी उपराष्टपति रामसहाय यादवसंग चार मतले मात्र पराजित भएका थिए । जसपाले पार्टी अध्यक्ष यादव र जनमत पार्टीले कुशवाहालाई उम्मेदवार बनाउने संगै नेपाली काग्रेस स्थानिय कमिटीले समेत राघेचन्द्र यादवलाई उम्मेदवार बनाउने सिफारिस गरेका छन ।