उपराष्ट्रपति यादवलाई गृह जिल्ला बारामा भव्य स्वागत

उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई उहाँको गृह जिल्ला बारामा भव्य स्वागत गरिएको छ ।
उपराष्ट्रपति भएपछि पहिलो पटक गृह जिल्ला पुुगेका उपराष्ट्रपति यादवलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सरकाका अर्थ मन्त्री संजय यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व मन्त्री, संघीय सांसद, प्रदेश सांसद सुरक्षा निकायका प्रमुखहरू, जसपाका केन्द्रदेखि जिल्ला तहका नेताहरू लगायतकाले फुलमायाले स्वागत गरेका थिए ।
गृह जिल्लामा दुई दिनसम्मको बसाइँमा उपराष्ट्रपतिलाई जिल्लाको विभिन्न ठाउँमा स्वागत एवम् सम्मान गर्ने कार्यक्रम राखिएको छ ।
आइतवार उपराष्ट्रपति यादव गढीमाई मन्दिर, कंकाली मन्दिर लगायतका शक्तिपिठहरूमा पूजापाठ गरेका थिए भने त्याहा उनलाई सम्मान समेत गरिएको थियो ।
सोमवार उपराष्ट्रपतिलाई कलैया नगरपालिकाले सम्मान गरेको छ ।