उपेन्द्र यादव फिरंगी हुन, आफु उपप्रधानमन्त्री बन्न नपाउदा पार्टीका अरुलाई पनि मन्त्री बन्न दिदैन- सिके राउत – Madhesh Update

उपेन्द्र यादव फिरंगी हुन, आफु उपप्रधानमन्त्री बन्न नपाउदा पार्टीका अरुलाई पनि मन्त्री बन्न दिदैन- सिके राउत

   March 22, 2023  

मलाई उपप्रधानमन्त्रीको ‘अफर’ आएको छ, तर इन्कार गरेको छु – राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादव माथी गम्भिर आरोप लगाउदै उनी फिरंगी भएको दावी गरेका छन । बुधवार बाराको कलैयामा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राउतले १० बैशाखमा बारा क्षेत्र नम्बर दुुईमा हुन गईरहेको उपनिर्वाचनमा यादवलाई हराउन पनि बाराका जनतासंग आग्रह गरेका छन । सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि यादवलाई हराउनु पर्छ भन्दै राउले बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा जनमत पार्टीबाट उम्मेदवारी दिने पनि बताए ।

जनमतले संघमा नेकपा (माओवादी केन्द्र) र मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेतृत्वको सरकारलाई साथ दिएको छ ।

बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत माविमा पार्टीले बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले उपनिर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामहायप्रसाद यादव उपराष्ट्रपति बनेका छन् । उक्त खाली क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा जसपा अध्यक्ष उपेन्द्र यादव छन् । सप्तरी २ मा मंसिर ४ मा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

जनमत पार्टी यहाँ नजितेसम्म मधेशमा परिवर्तन नहुने पनि राउतले बताए । ‘पार्टीबाट उम्मेदवारी कसैले रोक्न सक्दैन्,’ उनले भने । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै राउतले बारा आएर यादवविरुद्ध यस्तो अभिव्यक्ति दिएका हुन् ।

उपेन्द्र यादव आफैं मन्त्री बन्ने लालसाले पार्टीबाट कसैलाई सरकारमा पठाउन नचाहेको उनको आरोप छ । उनले आफूलाई सत्ता गठबन्धनभित्र उपप्रधानमन्त्रीको अफर आइरहेको खुलासासमेत गरे । ‘मलाई उपप्रधामन्त्रीको ‘अफर’ आएको छ । तर इन्कार गरेको छु,’ उनले भने, ‘सरकार बनेको तीन महिनाको अवधिमा गठबन्धनका कुनै पार्टीका शीर्ष नेताले मधेसको बारेमा चर्चा र चिन्ता गरेका छैनन् ।’