उपनिर्वाचनका लागि जसपाले पार्टी दर्ता गराउने – Madhesh Update

उपनिर्वाचनका लागि जसपाले पार्टी दर्ता गराउने

   March 22, 2023  

जनता समाजवादी पार्टी (जसपा) नेपालले उपनिर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दर्ताका लागि आह्वान गरेको छ ।

बैठकले उम्मेदवारको बारेमा केही निर्णय गरेन । जिल्ला तथा प्रदेशबाट उम्मेदवारको नाम सिफारिस भएर आएमा सोही आधारमा पछि निर्णय गर्ने उनले बताए ।

साथै, चैत २६ देखि २८ गतेसम्म हुने विधान अधिवेशनका लागि प्रतिनिधि चयनको प्रकृया र मापदण्ड तयार गर्नका तीन सदस्यीय कार्यदल बनाएको छ ।

कार्यदलमा कार्यकारिणी सदस्यहरू विजय यादव, मनिष सुमन र रकम चेम्जोङ रहेका छन् ।