बारा–२ मा उपेन्द्र यादव उपनिर्वाचन लडने भएपछि जनमत द्धारा बुधवार शक्क्ति प्रर्दशन कार्यक्रम – Madhesh Update

बारा–२ मा उपेन्द्र यादव उपनिर्वाचन लडने भएपछि जनमत द्धारा बुधवार शक्क्ति प्रर्दशन कार्यक्रम

   March 21, 2023  

निर्वाचन आयोगले बारा संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन गर्न १० बैशाखको मिती घोषणा गरे पछि जनमत पार्टीले बुधवार बारामा वृह्त शक्क्ति प्रर्दशन गर्न लागेका छन । बारा निर्वाचन क्षेत्र नम्बर दुुईवाट निर्वाचित ससद रामसहाय यादव उपराष्टपति बने पछि त्याहाको प्रतिनिधीसभा सदस्य रिक्क्त हुन पुुगेको छ ।

रिक्क्र उक्त पदमा १० बैशाखमा उपनिर्वाचन हुुने र त्याहा वाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने लगभग तय देखिएको वेला जनमत पार्टी बारामा शक्क्रि प्रर्दशन गर्न लागेका छन । गएको ४ मंसीरको निर्वाचन जसपा अध्यक्ष यादवलाइ जनमत पार्टीकै अध्यक्ष सिके राउतले सप्तरी क्षेत्र नम्ब्र दुुईमा भारी मतान्तरले पराजित गरेका थिए ।

प्रतिनिधी संसद हुनवाट बन्चित हुन पुुगेका जसपा अध्यक्ष आफनो पार्टीको उपराष्टपति बनाएर उपनिर्वाचन लडने तयारी गरिरह्दा जनमत पार्टीले पुन यादवलाई घेराबन्दी गर्नेगरि प्रयास थालेका छन । यस अघि नै जनमत पार्टीले लोसपा र नागरिक उन्मुक्ति पार्टीसंग कार्यगत एकता गरिसकेको छ ।

त्यस पछि बारामा हुने उपनिर्वाचनमा जनमत पार्टीले आफ्नो उम्मेदवार समेत उठाउने तयारी गरेको छ । जसमा लोसपा र उन्मुक्ति पार्टीले समेत सघाउने देखिन्छ ।
त्यही भएर बुधवार जनमत पार्टीले बाराको कलैयामा शक्क्रि प्रर्दशन गर्न लागेका छन ।