उपराष्ट्रपति रामसहाय यादवद्धारा पद तथा गोपनियताको सपथ, भारतीय समकक्षीद्धारा शभकामना

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट यादवले शपथ लिएका हुन्।
जनता समाजवादी पार्टीका नेता यादव चैत ३ गते सम्पन्न निर्वाचनबाट उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। उपराष्ट्रपति निर्वाचित भएपछि यादवले जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका छन्। सपथ लिए पछि उपराष्ट्रपति यादव सोमवारै पद तथा कार्यभार सम्हालेका छन ।
भारतीय समकक्षीद्धारा शुभकामना
नेपालको उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादवलाई भारतीय समकक्षी जगदीप धनखडले बधाई तथा शुभकामना दिएका छन्।
भारतीय उपराष्ट्रपति धनखडले सोमबार नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका छन्।
साथै उनले नेपाल र भारतबिच रहेको बहुआयमिक तथा परौणिक सम्बन्धको विस्तारमा नेपाल र भारत दुवैले थप काम गर्दै अघि बढ्ने र त्यसमा नवनिर्वाचित उपराष्ट्रपति यादवको भूमिका महत्त्वपूर्ण रहने बताए।