जसपाकी मञ्जु शर्मा बनिन् समानुपातिक सांसद – Madhesh Update

जसपाकी मञ्जु शर्मा बनिन् समानुपातिक सांसद

   March 20, 2023  

जनता समाजवादी पार्टी (जसपा) बाट मञ्जु शर्मा प्रतिनिधि सभाको समानुपातिक सांसद बनेकी छन्। निर्वाचन आयोगको आज (चैत ६ गते) को बैठकले शर्मालाई सांसद निर्वाचित भएको घोषणा गरेको हो।

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जनता समाजवादी पार्टी, नेपालबाट बन्दसूचीको क्रम ५२, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी शहनाज रहमानको निधन भई प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त थियो।

सो रिक्त पदमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहेकी शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको आयोगले जनाएको छ।

प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको निर्णयको जानकारी संघीय संसद र सम्बन्धित दललाई दिइने आयोगले जनाएको छ।