रौतहटमा करिब ८ लाख बराबरको अवैध कपडा बरामद – Madhesh Update

रौतहटमा करिब ८ लाख बराबरको अवैध कपडा बरामद

   March 20, 2023  

रौतहट प्रहरीले करिब ८ लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ति टोलीले सोमबार उक्त कपडा बरामद गरेको हो ।

भारतबाट भन्सार छली ल्याउँदै गरेको लेडीज, टप्स र विभिन्न साइजका सेरबानी गरी ७ लाख ९७ हजार तिन सय बराबरको लत्ता कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद कपडा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।