उपराष्ट्रपति रामसहाय यादवको शपथ सोमबार हुने – Madhesh Update

उपराष्ट्रपति रामसहाय यादवको शपथ सोमबार हुने

   March 19, 2023  

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको शपथ सोमबार हुने तय भएको छ। निर्वाचन आयोगले आज (आइतबार) राष्ट्रपति कार्यलयमा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाएको छ।

राष्ट्रपति कार्यलय शीतलनिवास स्रोतका अनुसार नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ सोमबार बिहान १० बजे शीतलनिवासमा गर्नेगरी तयारी थालिएको छ।

जनता समाजवादी पार्टीका नेता यादव चैत ३ गते सम्पन्न निर्वाचनबाट उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।