सप्तरीमा सरोकारवालाहरु जानकारी लिए मुख्यमन्त्री
कोरोना संक्रमण तीव्र रुपमा फैलिन थाले पछि सप्तरीको राजविराज पुगेर प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सरोकारवालाहरु संग छलफल गरेका छन । सोमवार सप्तरी सदरमुकाम राजविराज आएका मुख्यमन्त्री स्थलगत जानकारी लिनुको साथै सप्तरी अस्पताल समेत पुगेका थिए । मुख्यमन्त्री राउतको संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति खटिएका सरोकारवालाहरुसँग छलफल गर्ने राजविराज नगरपालिकाको सभाहलमा छलफल कार्यक्रम राखिएको थियो ।
सोही क्रममा संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रदेश सरकारले गरिरहेको कार्यहरुबारे जानकारीका साथै सप्तरीमा संक्रमण नियन्त्रण गर्न मुख्यमन्त्री राउतले विषेश प्याकेज घोषणा विशेष प्याकेज ल्याउने समेत बताए । छलफलमा प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साह , मुख्यमन्त्री कार्यालयका सचिव विरेन्द्र यादव, जिल्ला समन्वय समितिका सप्तरीका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, बलान विहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइत लगायतका सहभाागी थिए ।
यसैगरी, स्वास्थ्य कार्यालयका प्रमुख दुनीयालाल यादव, गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डन्ट डा।रञ्चित झा, जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी आनन्द कुमार ठाकुर, जिल्लाका चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रमुख राजनितिक दलआवद्ध नेताहरुको सहभागीता थियो ।