मधेस प्रदेशका शिक्षा तथा वाणिज्यमन्त्री महेश यादवद्धारा १६ बुदे कार्ययोजना सार्वजनिक – Madhesh Update

मधेस प्रदेशका शिक्षा तथा वाणिज्यमन्त्री महेश यादवद्धारा १६ बुदे कार्ययोजना सार्वजनिक

   March 15, 2023  

मधेस प्रदेशका शिक्षा विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले मधेस प्रदेशको शिक्षा, विज्ञान तथा वाणिज्य क्षेत्र सुधारका लागि १६ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजन गरी उनले उक्त कार्य योजना सार्वजनिक गरेका हुन् ।

कार्ययोजनामा प्रदेशलाई पूर्ण साक्षर बनाउने, सरोकारवालाहरुको लचकदार व्यवहार, नतिजामुखी नीति, त्रिपक्षीय समन्वय, सीमान्तकृत वर्गका लागि विशेष नीति, प्रादेशिक शिक्षा ऐन, दण्ड र पुरस्कारको नीति, शिक्षाविदहरुसँग त्रैमासिक स्कुलिङ तथा आर्थिक मितव्ययिता लगायतका विषयमा ठोस योजना बनाउने उल्लेख छ ।

यस्तै ती योजना कार्यान्वयनका लागि दत्तचित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । पत्रकार सम्मेलनमा प्रदेश पूर्ण साक्षर बन्न नसकेको भन्दै खस्किँदो शिक्षा गुणस्तरबारे चिन्ता व्यक्त गरिएको थियो ।

‘विद्यालय अनुगमनको क्रममा उत्तरी भेगका विद्यालयहरुको अपेक्षा सीमावर्ती दक्षिणी भेगका विद्यालयहरुको शिक्षा अवस्था झन कमजोर पाएँ । विज्ञान प्रविधिसँग सम्बन्धित कुनै कामै भएको पाइएन । शिक्षा क्षेत्रमा सरकारको लगानी अर्बौंमा देखियो तर आउटपुट शून्य नै देखिन आएको छ,’ मन्त्री यादवले बताए ।

पहिले मुलुकभर मधेस शिक्षाको फ्याक्ट्री रहेको स्मरण गराउँदै पछिल्लो समय राज्यको विभेदकारी नीति र मधेसका मानिसहरूमा भएको ढिलासुस्तीका कारण मधेसको शिक्षा सोचेको भन्दा पनि पछि परेको भन्दै मन्त्री यादवले चिन्ता व्यक्त गरे ।