जसपा बाराका पूर्वअध्यक्ष पटेल प्रहरी नियन्त्रणमा – Madhesh Update

जसपा बाराका पूर्वअध्यक्ष पटेल प्रहरी नियन्त्रणमा

   March 13, 2023  

प्रहरीले जनता समाजवादी पार्टी बाराका पूर्वअध्यक्ष अजय पटेललाई सोमबार नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार पटेललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय कलैयाको हिरासतमा अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले पुष्टी गरे ।

जग्गा किर्तेसम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । परवानीपुर गाउँपालिका ५ बहुअरी गाउँका पटेल २०७० को संविधानसभाको निर्वाचनमा उम्मेदवार थिए ।

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार उनलाई प्रहरीको अपराध नियन्त्रण टोलीले पक्राउ गरेको हो । ‘अनुसन्धानपछि विस्तृत जानकारी गराइने छ,’ नायब उपरीक्षक पाण्डेले भने ।