लोसपाद्धारा राष्ट्रपति उम्मेदवारमा अध्यक्ष महन्थ ठाकुर अघि सार्ने तयारी – Madhesh Update

लोसपाद्धारा राष्ट्रपति उम्मेदवारमा अध्यक्ष महन्थ ठाकुर अघि सार्ने तयारी

   February 21, 2023  

सर्वसम्मत उम्मेदवार बनाउन प्रधानमन्त्री देखि अन्य प्रमुख दलहरुसंग संवाद गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउने गरि पहल थालेको छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागी आउदो शनिवार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । उम्मेदवारी दर्ताको समय नजिक आए संगै लोसपाले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली संग मगलवार छुटा छुटै संवाद छलफल गरेका छन ।

लोसपाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संग पनि वुधवार छलफल गर्दै छ । बुधवार लोसपाको कार्यकारणी समिति बैठक समेत बोलाइएको छ ।

लोसपा वरिष्ठ नेता शरदसिह भण्डारीले सर्वसम्मत राष्ट्रपतिको कुरा उठे पछि लोसपा अध्यक्ष ठाकुर जतीको सर्वसम्मत उम्मेदवार अन्य कुनै पनि नेताहरु हुन नसक्ने भन्दै त्यसका लागी पहल थालिएको बताए । आफुहरुको पार्टी अध्यक्ष ठाकुर नेपालको वर्तमान राजनिती मै सबै भन्द्या पुराना र निखारिएका तथा स्वच्छ छविका नेता भएकाले अन्य दलहरुले पनि समर्थन गरेर सर्वसम्मत बनाउने अपेक्षा आफुहरु राखेको भण्डारीले बताए ।