रौतहट कारागारबाट ११ जना कैदीबन्दी मुक्त
Madhesh Update
February 19, 2023
जिल्ला कारागार रौतहटबाट ११ जना कैदीबन्दी मुक्त भएका छन् । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय माफी दिएपछि उनीहरू आइतबार कारागार मुक्त भएका हुन् ।
कारागार मुक्त हुनेमा सवारी ज्यान मुद्दाका ८, खोटा चलनका २ र मोटरसाइकल चोरी मुद्दाका एक जना गरी ११ जना रहेको गौर कारागारका जेलर शम्भु यादवले बताए ।