जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक – Madhesh Update

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

   February 16, 2023  

जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो पार्टीले फागुन ७ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने सो बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास लगायतका विषयमा छलफल हुने सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।