अतिक्रमित संरचना सात दिनभित्र हटाउन वीरगञ्ज महानगरको आग्रह – Madhesh Update

अतिक्रमित संरचना सात दिनभित्र हटाउन वीरगञ्ज महानगरको आग्रह

   February 15, 2023  

वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना सात दिनभित्र हटाउन सूचना जारी गरेको छ । महानगरपालिकाले सातदिने सूचना जारी गरेको हो ।

तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ ।

महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।