होटल व्यवसायी लिला सिटौला बनिन समाजवादीको तर्फवाट नयां सासंद

नक्शा प्रकरणमा विवादमा मुछिए पछि प्रतिनिधीसभा सासद पद गुमाएकी नेतृ सरीता गिरीको ठाउमा समाजवादी पार्टीको तर्फवाट लिलादेवी सिटौला नयां संसद छानिएकी छिन । निर्वाचन आयोगले सोमवार सिटौलालाई गिरीको रिक्त स्थानमा निर्वाचित भएको सुचना जारी गरेको छ । प्रतिनिधीसभामा सासदभएकी सिटौला विराटनगर निवासी छिन । विटारनगरमा उनको परिवारले तीन तारे होटल लामो समय देखि संचालन गर्दै आएका छन । गिरी पार्टी भित्र विवादमा मुछिए पछि सिटौला समानुपातिक नमावलीको अनुसार स्वतह सासद बन्ने देखिएको थियो । यद्यपी उनका लागी समाजवादी पार्टीका नेतचा राजेन्द्र श्रेष्ठले लवी गर्ने गरेका थिए । सिटौला समाजवादी पार्टीमा श्रेष्ठ संग नजिक रहेको बताइएको छ । यद्यपी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि विराटनगर कै अस्थाई बासिन्दा हुन ।
तत्कालीन समाजवादी पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा गिरीपछि सिटौलाको नाम थियो । सोही आधारमा निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि गिरीले संविधान संशोधनसम्बन्धी प्रस्तावमा पार्टी हितविपरितको गतिविधि गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च गएको भएपनि सर्वोच्चले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।