सर्लाहीको चन्द्रनगर गाउपालिकाले कृषि विद्युतको महसुल पालिकाले तिर्ने – Madhesh Update

सर्लाहीको चन्द्रनगर गाउपालिकाले कृषि विद्युतको महसुल पालिकाले तिर्ने

   February 14, 2023  

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कृषि विद्युत महसुल तिर्ने भएको छ । गाउँपालिकाभित्रको कृषि विद्युतीकरणमार्फत सिचांईका लागि प्रयोग हुने विद्युत महसुल पालिकाले तिर्ने सो गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।

किसानले जडान भएको कृषि विद्युत मिटरमा उठेको बिल गाउँ कार्यपालिकाको कार्यालयमा बुझाउनेछन् र सोही अनुसार गाउँपालिकाले एकमुष्ट रूपमा विद्युत प्राधिकरणलाई बिल भुक्तानी गर्ने उनले बताए ।

सिँचाइ क्षेत्र विस्तार भए कृषि उत्पादन बढ्ने बताउँदै उनले त्यसले किसानको आर्थिक अवस्थामा पनि सुधार आउने बताए ।खेतमा कृषि विद्युत मिटर पुर्याउन फागुन १ गतेदेखि कृषि मिटर जडान अभियान सञ्चालन समेत भइरहेको छ । नेपाल विद्युत प्राधिकरण मलगंवा वितरण केन्द्रको सहकार्यमा चन्द्रनगर गाउँपालिकाले किसानको फर्म भर्ने व्यवस्था मिलाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा कृषि विद्युतीकरणको लागि गाउँपालिकाले एक करोड चालिस लाख बजेट विनियोजन गरेको छ ।