मधेश प्रदेशको वर्तमान सरकार नै पाँच वर्ष टिक्ने भौतिकमन्त्री सरोज यादवको दाबी – Madhesh Update

मधेश प्रदेशको वर्तमान सरकार नै पाँच वर्ष टिक्ने भौतिकमन्त्री सरोज यादवको दाबी

   February 12, 2023  

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधर विकास मन्त्री सरोज यादवले यहि सरकार ५ वर्ष रहने बताएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा आयोजित नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममालाई सम्बोधन गर्दै मन्त्र यादवले सो कुरा बताएका हुन् ।

मन्त्री यादवले अरु प्रदेशमा सत्ता गठबन्धनबीच कुनै बिषयमा फरक पर्न सक्ने तर मधेसमा गठबन्धन मिलेर ५ वर्ष सरकार चलाउने दावी गरे । मुख्यमन्त्रीसँग सहमति भएकाले सरकारको आयुमा कमी नहुने समेत मन्त्री यादवको भनाई थियो ।