मोटरसाइकल दुर्घटनामा बारा सिम्रौनगढका पूर्व गाविस अध्यक्षको मृत्यु – Madhesh Update

मोटरसाइकल दुर्घटनामा बारा सिम्रौनगढका पूर्व गाविस अध्यक्षको मृत्यु

   February 10, 2023  

बाराको सिम्रौनगढमा भएको मोटरसाइकल दुर्घटनामा परेर नेकपा एमालेका कार्यकर्ता एवं साविक देवापुरटेटा गाविसका अध्यक्ष महावीर साह कानुको बिहीबार साँझ मृत्यु भएको छ । साहले चलाएको मोटरसाइकल विपरित दिशाबाट आउदै गरेको अर्को मोटरसाइकसँग ठोक्किँदा उनको साँझ ६ बजे घटनास्थलमा नै मृत्यु भएको हो ।

सिम्रौनगढ बजारबाट ना १ प ६८८८ नम्बरको मोटरसाइकल चलाएर सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटास्थित घरतर्फ जाने क्रममा गण्डक नहर सडकको कोल्ड स्टोर अगाडि विपरीत दिशाबाट आउँदै गरेको ना १८ प ५१४१ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो । दुर्घटनापछि ७० वर्षीय साहको घटनास्थलमा नै मृत्यु भएको सिम्रौनगढ प्रहरीले जानकारी दिएको छ ।

घटनामा अर्को मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका वडा ४ गंगानगरका २२ बर्षिय वाल्मीकी यादवले समान्य घाइतेसमेत भएका छन । उनको कलैया प्रदेशिक अस्पतालमा उपचार भइरहेकोे ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएको छ । साह ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट देवापुरटेटा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।