एमाले अध्यक्ष ओली र लोसपा अध्यक्ष महन्थ ठाकुर विचमा छलफल

नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर संग छलफल गरेका छन । संसद बैठकमा राष्टपतिको सम्बोधन सकिए पछि एमाले अध्यक्ष ओलीले ठाकुरलाई आफनै गाडीमा राखेर आफनो निवास वालकोट लगेका थिए । जाहा दुुई नेताहरुको विचमा एक घण्टा जती छलफल चलेको थियो ।
राष्टपति निर्वाचन नजिकए संगै सत्तासमिकरणमा फाटो देखिएको वेला एमाले अध्यक्ष ओलीले ठाकुरसंग अर्थपुर्ण छलफल गरेका छन ।
लोसपाले ठाकुरलाई सर्वमान्य नेताको रुपमा राष्टपतिमा अघि सार्ने आन्तरिक तयारी थालेका छन । यद्यपी शुक्रवार ओली र ठाकुर विचमा त्यस सन्दर्भमा छलफल भएको वा नभएको भन्ने प्रष्ट खुलेको छैन ।