मधेश प्रदेशका पुर्वमन्त्रीको फटयाई – घरको निजी काम गराएर सरकारी कोषवाट तलव खुवाउदै
३ वटा सरकारी गाडी अझै कब्जामा, मधेश कृषि विश्वविद्यालयका कर्मचारी घरायसी काममा
सप्तरी क्षेत्र नम्बरवाट प्रतिनिधीसभामा निर्वाचित जसपाका सासद नवलकिशोर साह मधेश कृषि विश्वविद्यालयका कर्मचारीहरुलाई घरायसी काममा लगाइरहेको खुलेको छ । मधेश प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका साहले ३ ओटा सरकारी गाडी समेत आफनो निजी प्रयोगमा राखेको खुलेको छ । मन्त्री हुदा मधेश कृषी विश्वाद्यालयमाआफनो निकटलाई नियुक्त गरेर साहले सरकारी कर्मचारी देखि सम्पतिहरु दुरुपयोग गर्दै आएका छन । उनका छोराले विश्वद्यालयको विभिन्न टेण्डरहरुमा समेत चलखेल गरिरहेका छन ।
पूर्व मन्त्री साहको सप्तरी जिल्ला हनुमाननगर कंकालनी नगरपालिकामा रहेको निजी निवासमा घरायसी काम गर्ने महिला, पुरुषहरुको तलब मधेश कृषि विश्वविद्यालयबाट भुक्तानी हुने गरेको खुलेको छ । महेश कुमार यादवकी पत्नी र केशव सरबरिया, एकजना ठाकुर थर लगायतका मानिसहरु साहको निजी निवासमा घरेलु कामदार रहेका छन् । तर विश्वविद्यालयले उनीहरुलाई कार्यालय सहयोगीको तलब उपलब्ध गराउँदै आएको छ ।
विश्वविद्यालयका लेखा अधिकृत वीरेन्द्र साहले कार्यालय सहयोगी कर्मचारीहरुको तलब विश्वविद्यालयले दिने गरेको स्वीकारेका छन् ।
विश्वविद्यालयको पठनपाठन अझै प्रारम्भ भइसकेको छैन् । कामगर्न आवश्यक कार्यविधि समेत तयारीको क्रममा रहेको छ । कक्षा सञ्चालन लगायत कयौं कार्यविधि बनाउन बाँकी नै रहेको बताइएको छ ।
यता पूर्व मन्त्रीका छोरा सुमित साहले सामाजिक विकास मन्त्रालयको बा १ झ २४१५ नम्बरको टाटा सुमो, मधेश प्रदेश ००१ झ ००१९९ नम्बरको कार र एउटा जिप निजी प्रयोगमा राखेका छन् । गत मंसिर महिनामा नै मन्त्रीबाट राजीनामा गरेका पूर्व सामाजिक विकास मन्त्री साहका छोराले भने अझै सरकारी गाडी फिर्ता गरेका छैनन् । हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर समेत रहेका मन्त्री साहका कान्छा पुत्र शैलेश साहले प्रयोग गर्ने निजी चालकको तलब समेत कृषि विश्वविद्यालयले उपलब्ध गराइ रहेको छ । मन्त्रालय स्रोतका अनुसार गाडी फिर्ता गर्न पटक–पटक मौखिक ताकेता गर्दा पनि फिर्ता गरिएको छैन् ।
सामाजिक विकास मन्त्री रहेका नवलकिशोर साह प्रतिनिधिसभामा निर्वाचित भएपछि उनले मन्त्री पदबाट राजीनामा गरेका थिए ।
आफ्नो भवन समेत नरहेको विश्वविद्यालयमा पूर्व मन्त्री साहले अनुचित लाभ लिइरहेको खुलासा भएको छ । पूर्व मन्त्री साहका छोरा सुमित साहले भवन निर्माण र ल्याबका लागि खरिद गर्ने उपकरणहरुको १ अर्ब ४९ करोडको ठेक्कामा चलखेल गर्न थालेका छन् । बुुबा मन्त्री रहेका बेला उनले सामाजिक विकास मन्त्रालयमा ठेक्का सेटिंग गरे जस्तै विश्वविद्यालयमा पनि सेटिंग गर्न उपकुलपति लगायतका पदाधिकारी र कर्मचारीहरुमाथि दबाब दिन थालेको बताइन्छ ।