रौतहटबाट बिदेशिने युवाको संख्या बढ्दो, दैनिक ३३ जनाले लिन्छन् राहदानी – Madhesh Update

रौतहटबाट बिदेशिने युवाको संख्या बढ्दो, दैनिक ३३ जनाले लिन्छन् राहदानी

   February 8, 2023  

मुलुकमा आर्थिक तरलता तथा रोजगारी अभावमा रौतहट बाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटबाट मात्र यहाँका ३३ जना युवाले राहदानी लिरहेका छन भने काठमाडौ बाट लिनेगरेको राहदानीको हिसाब गरेमा संख्या अझै बढ्ने देखिन्छ ।

यस आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय रौतहट बाट ५ हजार ८९३ जनाले राहदानी प्राप्त गरेका छन् । उक्त संख्याको हिसाबले दैनिक झन्डै ३३ जनाले राहदानी प्राप्त गरेका छन् ।

राहदानी बनाउन ६ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट ६ हजार ४०२ जनाले सिफारिस लिएका छन् । सिफारिसको आधारमा दैनिक राहदानी लिनेको संख्या ३५ बढी पुग्ने सिडियो धर्मेन्द्रकुमार मिश्रले बताएका छन् ।

राहदानी सिफारिस बाट ३ करोड ४७ लाख रुपैया राजस्व संकलन भएको सिडियो मिश्रले जानकारी दिएका छन् । यस आर्थिक बर्षको ६ महिनामा जिल्ला प्रशासन कार्यालय बाट ७ हजार ३०० जनाले बंशज,४९६ जनाले बैवाहिक अंगिकृत नागरिक्ता तथा ५ हजार ६३२ जनाले नागरिक्ताको प्रतिलिपी लिएको तथ्यांकमा उल्लेख रहेको छ।

त्यसैगरी सोही अवधिमा १२ हजार ८२७ जनाको राष्ट्रिय बिवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख रहेको छ।