उपेन्द्र यादवलाई हराउन मृगेन्द्रसिह यादव देखि मनिष सुुमन सहित ३८ नेताको भुमिका रहेको खुलासा – Madhesh Update

उपेन्द्र यादवलाई हराउन मृगेन्द्रसिह यादव देखि मनिष सुुमन सहित ३८ नेताको भुमिका रहेको खुलासा

   February 7, 2023  

मंसिर ४ गते सम्पन्न आमचुनावमा सप्तरी क्षेत्र नम्बर दुुइ वाट जनमत पार्टीका अध्यक्ष सिके राउतसंग भारी मतानान्तरले पराजित जसपा अध्यक्ष उपेन्द्र यादव आफनै पार्टीका स्थानिय प्रमुख नेताहरुको असहयोग कारण हार व्योहोरेको खुलेको छ ।

जसपाले निर्वाचनमा पार्टी किन कमजोर भयो भन्नेबारे गरिरहेको देशैभरको अध्ययनको क्रममा अध्यक्ष यादवलाइ पार्टीकै प्रमुख नेताहरु स्थानिय स्तरमा सहयोग नगरेको खुलेको छ । पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले गरिरहेको अध्ययनको क्रममा अध्यक्ष यादवको क्षेत्रमा मृगेन्द्रकुमार सिंह यादव, शैलेन्द्र साह, शम्भु झा, निरज झा, भिमराज यादव, सत्यनारायण यादव, महेश यादव, बबीसिंह यादव सहित मनिष सुमन, केदार यादव, दिनेश यादव, नारायण यादव, श्याम यादवलगायतकाले अध्यक्ष यादवलाइ पराजय गराउन सक्रिय रहेको खुलेको छ ।

कार्यदलले ३८ जनाको नाम नै किटेर सप्तरी क्षेत्र नम्बर दुुईमा पार्टीलाई सहयोग नगरेकाहरुको प्रतिवेदन बनाएको छ । समितिले ३८ जना मध्ये ६जना सग कुराकानी समेत गरेको समिति सदस्यले जनाएको छ । ती बयानको आधारमा कार्यदलले प्रतिवेदन तयार पारी पार्टीलाई बुझाउने तयारी भईरहेको छ ।

जिल्ला–जिल्लाबाट आएको रिपोर्टअनुसार सो कार्यदलले अध्ययन थालेकोमा हालसम्म २५ जिल्लाका करिब २ सय जनासँग बयान लिइसकेको संयोजक थापाले जनाएका छन । प्रतिवेदनमाथि छलफल गरी उनीहरुका विषयमा के गर्ने विषयमा निर्णय लिइने संयोजक थापाले बताए ।