मधेस प्रदेश सरकारमा माओवादी सहभागी, नवनियुक्त मन्त्रीले लिए शपथ

माओवादी केन्द्र एक मन्त्री र एक राज्यमन्त्रीसहित मधेश प्रदेस सरकारमा सहभागी भएको छ। माओवादीको तर्फबाट सुनीता यादवले उद्योग, पर्यटन तथा वनमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन् भने राज्यमन्त्रीमा रहवर अन्सारी नियुक्त भएका छन्।
नवनियुक्त मन्त्री र राज्यमन्त्री दुवैले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ खुवाएका हुन्। उनले मैथिली भाषामा शपथ लिएकी हुन्।
सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका माओवादीका सांसद अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ खुवाए। उनले भोजपुरी भाषामा शपथ लिएका हुन्।