टिकापुर घटनासंग जोडिएको रेशम चौधरीको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो – Madhesh Update

टिकापुर घटनासंग जोडिएको रेशम चौधरीको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो

   February 5, 2023  

सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जोडिएको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा मनोजकुमार शर्माको इजलासले पूर्वसांसद रेशम चौधरीको पुनरावेदनमा ‘प्रत्यर्थी झिकाउने’ आदेश गरेको हो । सर्वोच्चले आइतबार नै चौधरीविरुद्ध सरकारले दर्ता गरेको मुद्दामा पनि प्रत्यर्थी झिकाउने नै आदेश भएको छ ।

सर्वोच्च अदालतले आइतबार तल्लो अदालतको फैसला चित्त नबुझाएर पुनरावेदन गर्नेको विपक्षीहरुलाई झिकाउनु भनी आदेश गरेको हो ।

७ भदौ २०७२ मा कैलालीको टिकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो मुद्दामा जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार रहेको ठहर सहित रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो, उक्त फैसलालाई उच्च अदालत दिपायलले पनि सदर गरेको थियो ।