मधेश प्रदेशका २ सांसदले बुधवार शपथ लिए

नेकपा माओवादी केन्द्र मधेश प्रदेशका दुईजना प्रदेश सांसदले शपथ लिएका छन् । रजि हैदर र माला कर्णले प्रदेश सभा सचिवालयमा आज शपथ लिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ खुवाएका हुन् ।
दुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो ।
मधेश प्रदेशमा अरु १०५ सांसदको शपथ भने गत पुस १५ गते भएको थियो ।