उखुको मुल्यमा पुनर्विचार गर्न समाजवादी किसान महासंघको माग
सरकारले निर्धारण गरेको उखुको मुल्यमा पूर्न विचार गर्न समाजवादी किसान संघले माग गरेको छ । माघ ७ र ८ गते वीरगञ्जमा बसेको महासंघ केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सकारलाई पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको हो । उखु किसान सन्तुष्ट हुन नसकेको बताउँदै महासंघले उखुको समर्थन मुल्यले किसानको लागत खर्च समेत नउठ्ने ठहर गरेको छ ।
त्यसैगरि धानको समर्थन मुल्य समयमै नतोक्दा किसानले सस्तोमा धान बिक्रि गर्न बाध्य भएको भन्दै समाजवादी किसान महासंघले धान सरकारले खरिद गर्नुपर्ने माग राखेको छ ।
बिचौलिया तथा व्यापारीलाई सस्तोमा धान बिक्रि गर्न बाध्य गर्नुको साटो सरकारले नै किसानसँग खरिद गर्नुपर्ने समाजवादी किसान महासंघका महासचिव ओम कृष्ण श्रेष्ठले बताए ।सरकारमार्फत नै किसानले धान बिक्रि गर्न सके ठगिने, कम मुल्यमा बेच्नुपर्ने, बजार नपाउने जस्ता समस्याबाट मुक्ति मिल्ने विश्वास महासंघको छ ।
बैठकले कृषि ऋण सहज र सरल तारिकाले उपलब्ध हुने वातावरण मिलाईदिन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय समेत भएको महासंघका उपमहासचिव तबरेज अहमदले जानकारी दिए ।
महासंघ सदस्यलाई क्रियाशिल बनाउन ७ वटै प्रदेशमा फागुन ३० गतेभित्र प्रदेश समितिहरु गठन पूर्नगठन गर्ने र।
मधेश प्रदेशबाट महाराज यादव, कर्णाली प्रदेशबाट प्रबजन उपाध्याय र लता चौलागाई र लुम्बिनी प्रदेशबाट प्रबजन शाहीलाई महासंघको केन्द्रीय सदस्यमा ४ मनोनयन गरेको छ ।