सीमामा कडाइ गर्न प्रदेश दुईका मुख्यमन्त्रीको निर्देशन – Madhesh Update

सीमामा कडाइ गर्न प्रदेश दुईका मुख्यमन्त्रीको निर्देशन

   July 26, 2020  

प्रदेश दुईको विरगंज र राजविराजमा समुदाय स्तरमै कोराना संक्रमण फ्रलिएको आशंका भए पछि मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सिमामा कडाई गर्न निर्देशन दिएको छ । राजविराजमा पुन लकडाउन लगाइएको छ भने विरगंजमा निषेधआज्ञा नै जारी गरिएको छ । आइतबार बसेको पिसिएमसीको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाका पूर्ण सिललाई कडाइका साथ पलना गराउन सुरक्षा निकायका प्रदेश प्रमुखहरूलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री राउतले पछिल्लो समय प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्य कारक सीमा नाकाबाट लुकीछुपी आउनेहरू नै देखिएको बताए। पारिबाट लुकेर सिधै समुदायमा जानेहरूलाइ रोक्न सीमा नाकामा थप कडाई गर्न तीन वटै सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए।

बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना संक्रमितहरु देखिन थालेपछि जोगिन अपनाउनु पर्ने उपायहरु बारे स्वास्थ्य विज्ञहरुसंग सुझाव लिएका छन्। कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन्।

बैठकमा समाजिक विकासमन्त्री नवल किशोर साह, प्रमुख सचिव अर्जुन प्रसाद पोखरेल, तीन वटै सुरक्षा निकायका प्रदेश प्रमुख सहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु उपस्थित रहेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले जानकारी दिए।

बैठक बस्नुअघि मुख्य मन्त्रीसहितको टोली प्रदेशिक अस्पताल जनकपुरको अवस्था अबलोकन गरेका थिए।