जसपा र नेकपा एसको दोस्रो एकतावार्ता-एक अर्काको दस्तावेज अध्ययन गर्ने सहमती
जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) बीचको एकता वार्ता समितिहरु बिच दोस्रो वार्ता सम्पन्न भएको छ । गत शुक्रवार जसपा र एकिकृत समाजवादी विच दोस्रो चरणको वार्ता भएको हो । गत २९ गते यी दुवै दलहरु विच पहिलो एकता वार्ता भएको थियो । दुवै पार्टीले गठन गरेको कार्यदल विच भएको वार्तामा एक अर्काका दस्तावेज अध्ययन गर्ने सहमती बनेको छ ।
शुक्रबार बसेको दोस्रो एकता वार्ता समितिको बैठकले एक अर्काका दस्तावेज अध्ययन गर्न गोविन्द चौधरी र डा विजय पौडेल रहेको कार्यदल बनाएको छ । कार्यदलले दुबै पार्टी बीचका समानता र असमानता पहिल्याइ आगामी बैठकमा पेस गर्ने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।
दस्तावेज अध्ययन गरेपछि तत्काल मिल्ने कुरालाई कार्यदलमै मिलाउने र नमिल्ने कुरालाई नेतृत्वमा तहमा पठाउने सहमति भएको बताइएको छ । दस्तावेज अध्ययन गरेर मिल्ने र मिल्न नसक्ने विषयवस्तुको सूचीकृत गर्दैछ । कार्यदलले पहिल्याएका समान धारणाहरुमा सहकार्य गर्दै जाने र असमान धारणाहरु हल गर्दै जाने वार्ता समितिको बैठकले निर्णय गरेको छ ।