जनकपुरका २ युवकको अपहरणपछि सिमावर्ती भारतीय सिमामा हत्या – Madhesh Update

जनकपुरका २ युवकको अपहरणपछि सिमावर्ती भारतीय सिमामा हत्या

   January 22, 2023  

धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा विष्णुको हत्या भएको हो ।

आइतबार बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा दुवै युवकको शव फेला परेको छ । दुईसाता अघि दुवै जना भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए । गत पुस २७ गते एकाएक बेपत्ता भएका दुवै जनाको परिवारलाई अपहरणकारीले गत सोमबारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो ।

अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।

आइतबार बिहान दुईवटा शव फेला पारेपछि बिहान मृतक युवकहरुको आफन्तहरुलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

घटनापश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।