रौतहटमा आगो ताप्नेक्रममा जलेर तीन जना घाइते – Madhesh Update

रौतहटमा आगो ताप्नेक्रममा जलेर तीन जना घाइते

   January 20, 2023  

रौतहटमा आगो ताप्ने क्रममा जलेर तीन जना घाइते भएका छन् । शुक्रबार विहीन आगो ताप्ने क्रममा जिल्लाको दुर्गा भगवती गाउँपालिकामा दुई आमाछोरी र आफन्त जेलेर घाइते भएका हुन् ।

सो गाउँपालिकाको मत्सरीका अजय दाशकी २० वर्षीय श्रीमती रमिता दास, ४ महिने छोरी सन्ध्या दास र अजयका भाइ विजय दास रहेका छन् । घाइते तीन जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।