सेवाग्राहीबाट १ लाख ४० हजार घूस लिदै गर्दा सप्तरीमा एक इन्जिनियर पक्राउ – Madhesh Update

सेवाग्राहीबाट १ लाख ४० हजार घूस लिदै गर्दा सप्तरीमा एक इन्जिनियर पक्राउ

   January 17, 2023  

सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घूस लिएको आरोपमा पक्राउ परेका छन् ।

इन्जिनियर साह‍लाई सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घूसररिसवत बापतको रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले मंगलबार पक्राउ गरेको हो ।

उक्त रकमसहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।