उपेन्द्र यादव आफु मन्त्री नबन्ने भए पछि संघिय सरकारमा सहभागी हुन जसपा अनिच्छुक
संघिय सरकारमा आफु जान नपाईने भए पछि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीवाट अरुलाई संघिय सरकारमा मन्त्री बनाउन अनिच्छुक देखिएका छन । संघिय सरकारमा सहभागीताका लागी जसपाको शर्त स्वरुप उपराष्टपति पाउनु पर्ने माग गरेका छन ।
जसपाले उपराष्टपति पाए बारावाट निर्वाचित सासद रामसहाय यादवलाई उपराष्टपति बनाएर यादव त्याहा वाट उपनिर्वाचन मार्फत ससद बन्न चाहेका छन । तर जसपाले उपराष्टपति पाउने सम्भावना कम देखिए पछि जसपावाट अरुलाई मन्त्री बनाउन यादव अनिच्छुक देखिएका छन ।
०७४ को निर्वाचनमा जितेर यादव आए पछि भर्खर भएको मधेश आन्दोलनको भावना विपरित तात्कालिन एमाले अध्यक्ष केपी ओलीको सरकारमा उपप्रधानमन्त्री सहित स्वास्थय मन्त्री भएका थिए ।
सोमवार सतारुढ दलहरुले वर्तमान सरकारको मन्त्रीपरिषद विस्तारको तयारी गरे पछि जसपाका लागी दुई ओटा मन्त्रालय छुटयाएको छ । तर जसपा नेपालले सरकारमा सहभागी हुनका लागि सर्त अघि सारेको छ । न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने सो पार्टीको भनाइ छ । ‘निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प छैन’, जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘ सरकारको न्यनुतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा सरकारमा पार्टीको सहभागिता हुन सक्नेछ ।’
अहिलेको अवस्थामा जसपा सरकारमा सहभागी भए वरिष्ठ नेता अशोक राई र राजकिशोर यादव मन्त्री बन्ने सम्भावना देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव यी दुवैलाई सरकारमा पठाए पार्टीमा आफु कमजोर हुदै जाने आकलन सहित सरकार मै नजाने गरि शर्तहरु अघि सारेका छन ।