राजश्व छली गरेर ल्याएको ४० लाखको सामान वीरगञ्जबाट बरामद – Madhesh Update

राजश्व छली गरेर ल्याएको ४० लाखको सामान वीरगञ्जबाट बरामद

   January 16, 2023  

प्रहरीले राजश्व छली गरेर ल्याएको सामान बोकेको आशंकामा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाको चण्डाल चोकबाट ना ३ ख ०८२३ नम्बरको ट्रक र बीआर ०५ जीसी ०२१५ नम्बरको भारतीय ट्याक्टर नियन्त्रणमा लिएको हो ।

पुस २९ गते राति साढे ८ बजेको समयमा बिल बिजक भन्दा बढी सामान रहेको सूचनाको आधारमा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

ट्याक्टरको अन्दाजी मूल्य १५ लाख र ट्रकको २५ लाख गरी ४० लाख बराबरको मालबस्तु बरामद गरिएको प्रहरीले जनाएको छ ।

सामान सहितको ट्रक र ट्याकटरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।