विधान अधिवेशनको तयारीमा जसपा, संगठनको अभिलेख संकलन गर्न जिम्मेवारी तोकियो – Madhesh Update

विधान अधिवेशनको तयारीमा जसपा, संगठनको अभिलेख संकलन गर्न जिम्मेवारी तोकियो

   January 11, 2023  

जनता समाजवादी पार्टी (जसपा) नेपाल विधान अधिवेशनको तयारीमा जुटेको छ।  जसअनुसार संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ।

विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ।

विभागले जिम्मेवारीको अभिलेख संकलनका लागि प्रदेश १ मा खगेन्द्र माखिम, मधेस प्रदेशमा कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्का, बागमती प्रदेशमा विद्युत बज्राचार्य र गण्डकी प्रदेशमा धनप्रसाद तामाङलाई जिम्मेवारी दिएको छ।

यस्तै, लुम्बिनी प्रदेशमा अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगर, राष्ट्रिय समितिहरुका लागि लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामी, जनवर्गीय संगठनहरुका लागि रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव, गैरभौगोलिकतर्फ चन्देश्वर प्रसाद सिंह र मञ्जु अन्सारीलाई जिम्मेवारी दिइएको छ।

प्रवास विशेष प्रदेश समितिमा रामसहायप्रसाद यादवलाई जिम्मेवारी दिइएको जसपाले जनाएको छ। जसपाले आउँदो चैतम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख संकलनको कामलाई तिव्रता दिएको छ।