मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान – Madhesh Update

मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

   January 6, 2023  

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले पुस २८ गतेसम्मको समय दिएर आह्वान गरेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रवार प्रदेश सरकार गठनका लागि पुस २८ गते अपराह्न ४ बजेसम्मको समय दिएका हुन् ।

प्रदेश प्रमुख मिश्रले संविधानको धारा १६८को उपधारा २ बमोजिम मुख्य मन्त्रीको दाबी पेस गर्नका लागि आह्वान गरेका हुन् ।

४ मंसीरमा भएको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशमा नेकपा एमालेले २३ सिट सहित सबै भन्दा ठुलो दल बनेको छ भने २२ सिट काग्रेस दोस्रो पार्टी बनेको छ । त्यसैगरि जसपाले १६, जनमत पार्टीले १३, लोसपाले ९, माओवादीले ८, नेकपा एसले ७, नागरिक उन्मुक्ति १, नेपाल संघिय समाजवादीले १ र स्वतन्त्र ६ सिट ल्याएको छ ।

कुनै एउटा पार्टीको बहुमत नभएकाले प्रदेश प्रमुखले दुुई वा सो भन्दा वढी दल मिलेर मुख्यमन्त्री सिफारिस गर्न आब्हान गरेका छन ।